सिंहदरबार छिर्न सहज प्रवेशको माग गर्दै रिट

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौँ, २० भदौ । देशको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबार परिसरभित्र सर्वसाधारण नेपाली नागरिकको सहज पहुँचको मागसहित सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । सिंहदरबारभित्रका कार्यालयबाट नाम आएपछि मात्र प्रवेश दिने नियम भेदभावपूर्ण रहेको दाबी गर्दै अधिवक्ता तोयनाथ ढुङ्गानाले आइतबार यस्तो रिट निवेदन दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयसहित सिंहदरबारभित्र रहेका विभिन्न ३३ कार्यालयलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।
‘सुरक्षा व्यवस्था यथासक्य तन्दुरुस्त राखी सिंहदरबार परिसरको सुरक्षाका साथै म निवेदकजस्ता सर्वसाधारण सम्पूर्ण सेवाग्राही नेपाली जनता, जसलाई हाल लागू भएको नेपालको संविधानले राष्ट्र भनी परिभाषित गरेको छ, लाई सिंहदरबार एवम् सिंहदरबारजस्ता सार्वजनिक सरोकारका प्रशासनिक कार्यालयहरूमा सहज पहुँचको व्यवस्था गर्नु’ रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]