मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै

२०७३ भाद्र २० गते, सोमबार

काठमाडौ, २० भदौ । “एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ मानव बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक बर्ष महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा यो दिवस मनाउने गरिएको छ । आज बिहान राजधानीको विभिन्न ठाउँमा प्रभातफेरि गरेर प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर विशेष कार्यक्रम हुने भएको छ ।
दिवसको अवसरमा, महिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिदै सामाजिक र मानवीय कलंकको रुपमा रहेको बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार सँधै प्रतिबद्ध रहेको बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]