प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

२०७३ भाद्र २३ गते, बिहीबार

काठमाडौ, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको पुनर्निर्माणको अवस्था र राहतको अवस्था, आफ्नो आसन्न भारत भ्रमणलगायतका विषयमा आज व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्ने भएका छन ।
प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गर्ने तयारी भएको उनको सचिवालयले जानकारी दिएको छ । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
गत साउन १९ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका प्रधानमन्त्रीले निर्वाचित भएको एक महिनापछि संसदलाई संशोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सम्बोधन सकिएपछि भन्सार सम्बन्धी महासन्धिमाथि छलफल गरी अनुमोदन गर्ने संसदको आजको कार्यसूची छ । त्यस्तै सवारी तथा यातायात दोस्रो संशोधन विधेयक, भूमिगत जलस्रोत विधेयकलगायतका विधेयक पनि आज संसदमा प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले बताए । यस्तै विधायन समितिको प्रतिवेदनसहित न्याय सेवासँग सम्बन्धित ३ वटा विधेयक पनि आज पारित हुने सक्ने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]