प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

२०७३ भाद्र ३० गते, बिहीबार

काठमाडौ, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएर विदाई गरेको थियो। प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए। नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट दाहाल दिल्ली प्रस्थान गरेका हुन्।
दाहालले सरकारी अधिकारी, व्यापारी र मिडियासमेत गरी १ सय १६ सदस्यीय टोलीको नेतृत्व गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारतको राजकीय भ्रमणमा गएका हुन्।
प्रधानमन्त्री दाहाल केहीबेरपछि नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]