प्रधानमन्त्री प्रचण्ड भेटवार्तामा व्यस्त
काठमाडौं, ३१ भदौ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिनभर महत्वपूर्ण भेटवार्तामा व्यस्त रहने भएका छन् । प्रचण्डले स्थानीय समयअनुसार बिहान ९ बजे भारतीय राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सनमा भाग लिएका छन । सो अवसरमा उनले गार्ड अफ अनरको निरीक्षण गरे । त्यसैगरी बिहान ९ः३० मा दाहाल राजघाट पुगेर महात्मा गान्धीको समाधीमा श्रद्धान्जलि अर्पण गरेकाछन भने त्यस लगत्तै उनी राष्ट्रपति भवनमै फर्किएका छन ।
अहिले १०ः३० मा उनीसँग राष्ट्रपति भवनमै भेटवार्ताका गर्ने कार्यक्रम छ । करिब एक घण्टापछि प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेट वार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग आज नै भारतका वित्तमन्त्री अरुण जेटली, विद्युत मन्त्री पियुष गोयलले भेट वार्ता गर्नेछन् । आज नै प्रचण्डले भारतका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भारतीय व्यापारीहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।