महिला सङ्घमा रेग्मी

२०७३ आश्विन १ गते, शनिबार

काठमाडौँ, १ असोज । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी भएकी छन । हिजो मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी भएको थीइन । रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले बताए ।
यस्तै महासचिवमा धना खतिवडा , कोषाध्यक्षमा जानकी सिंह बिजयी भाका छन ।
दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५३ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति र मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

प्रतिक्रियाहरु

[anycomment]