कर्मचारी सरूवा राजनीतिक आस्था, पहुँच र प्रभावका भरमा

२०७३ आश्विन १ गते, शनिबार

काठमाडौ, १ असोज । सरकारले झन्डै एक महिनाको कसरतपछि गरेको कर्मचारीको सरूवा विवादमा तानिएको छ। सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ। त्यसका लागि कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमै गएर सचिव पूर्णचन्द्र भट्टराईलाई घराउ गरेका थिए ।
सरकारले शुक्रबार७ सय ९२ जना कर्मचारीको सरुवा गरेको थियो । भदौ मसान्तसम्म अन्तर मन्त्रालय कर्मचारी सरूवा गर्नुपर्ने निजामति सेवा नियमावलीको शंशोधित प्रावधान अनुसार सामान्य प्रशासन मन्त्रालयले सयौंको संख्यामा कर्मचारी सरूवा गरेको हो ।
अधिकांश कर्मचारीले भीडभाडसँगै अतिरिक्त कमाइ हुने, पदीय पहुँच र प्रभाव देखाउन पाउने र बजेट परिचालन गर्न पाउने मालदार मन्त्रालय र निकायमा सरूवा हुन सामान्य मन्त्रालयमा प्रयास गरेका थिए । सोही अनुसार राजनीति आस्था, पहुँच र प्रभावका भरमा सयौ कर्मचारीको सरूवा गरिएको कर्मचारी वृत्तमा चर्चा छ ।

प्रतिक्रियाहरु

[anycomment]