माओवादी केन्द्रको हेडक्वार्टरको बैठक जारी
काठमाडौ, ५ असोज । नेकपा माओवादी केन्द्रको प्रधानमन्त्रीको भारत भ्रमण, सरकारको कामकारवाही, पार्टीको जिम्मेवारी विभाजन र अख्तियारले पूर्व लडाकु शिविरको आर्थिक घोटालाका विषयमा गर्न खोजेको छानविका विषयमा छलफल भइरहेको पार्टी हेडक्वार्टरको बैठक आज पनि बस्दैछ । आज केही सदस्यहरुले बोल्न बाँकी रहेकाले बैठक लम्बिएको नेता दीनानाथ शर्माले बताए । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास काठमाडौको लाजिम्पाटमा बोलाइएको छ । हिजोको बैठकले प्रचण्डको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्रीको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।