‘संविधान संशोधन गर्नुपर्ने माग औचित्यहीन’

२०७३ आश्विन ५ गते, बुधबार

काठमाडौं, ५ असोज । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजवाट सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनपेस गर्दै वर्तमान सरकारले एमालेलाई मधेसी, जनजाति तथा भारतविरोधी शक्तिकोरुपमा परिभाषित गरेको भन्दै त्यसकाविरुद्ध भन्डाफोर अभियान चलाउनुपर्ने उल्लेख गरेका छन् ।
यस्तै, मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन रहेको भन्दै ओलीले निश्चित आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने स्पस्ट पारेका छन् । केन्द्रीय कमिटी बैठकको सुरुमा आफ्नो भनाइ राख्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारका कारण मुलुकको राजनीति गलत बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध खबरदारी अभियान चलाउनुपर्ने बताए । उनले भारत भ्रमणक्रममा प्रधानमन्त्री दाहालले गरेका सम्झौताले परराष्ट्र सम्बन्धमासमेत गम्भीर नकारात्मक असरपर्ने धारणा राखे । बैठकमा पेस गरिएका प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । केन्द्रीय सदस्यहरुले अध्ययन गरिसकेपछि प्रतिवेदनबारे विहीबारदेखि छलफल आरम्भ हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]