सार्क सम्मेलन स्थगित हुने संकेत
काठमाडौँ, १२ असोज । भारत र पाकिस्तानवीचको बढ्दो तनावका कारण आगामी सार्क शिखर सम्मेलन प्रभावित हुने देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ औं सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । आगामी नोभेम्वरमा पाकिस्तानको ईस्लामवादमा हुने १९ औं सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भाग नलिने बताएका हुन् ।
भारतीय विदेश मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा भारत अहिलेको सार्क अध्यक्षता गरेको मुलुक नेपाललाई त्यसको जानकारी गराएको छ । एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सार्क सम्मेलन सफल नहुने भारतको दाबी छ ।
भारतले आफू लगायत अफगानिस्तान, बंगलादेश र भुटानले पनि उक्त सम्मेलनमा भाग नलिने जनाएको छ । भारतको प्रतिक्रियापछि सार्क सम्मेलन लगभग स्थगित जस्तै भएको छ ।