ब्रिक्स सम्मेलनमा उठाउनुपर्ने एजेण्डाका बारेमा छलफल शुरु
काठमाडौ, २७ असोज । भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा नेपालले दुई पक्षीय हित र सहयोग आदानप्रदानलाई मुख्य एजेण्डा बनाउने भएको छ ।
सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ । परराष्ट्रमन्त्री डा प्रकाशसरण महतले ब्रिक्समा सहभागी मुलुकबीचको हितको बारेमा नेपालले कुरा उठाउने जानकारी दिए ।
यद्यपी यस सम्वन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म कसैसँग कुनै किसिमको परामर्श भने गरेका छैनन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ब्रिक्स सम्मेलनमा उठाउनुपर्ने एजेण्डाका बारेमा आजदेखि औपचारिक तथा अनौपचारिक छलफल शुरु हुनेछ । सम्मेलनमा नेपाल लगायत ११ देशका सरकार प्रमुखहरुको सहभागिता रहनेछ ।