ओलीको बंगलादेश भ्रमण स्थगित

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाडौ, ५ कात्तिक । एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको बताएका छन् । उनले भने – ‘अध्यक्षज्युको बंगलादेश भ्रमण स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण उहाँको भ्रमण स्थगित भएको हो,’ । अध्यक्ष ओली बंगालादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन आज ढाका जाने जाने कार्यक्रम तय भएको थियो। नेपालको पछिल्लो राजनीतिक परिस्थतिका कारण भ्रमण स्थगति भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]