एमाले र राप्रपा नेपालको चुनाब चिन्ह गुम्ने खतरा
काठमाडौ, ८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ । व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ मा राखिएको प्रावधानको कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गम्न सक्ने खतरा देखिएको हो । विधेयकमा राष्ट्रिय झण्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ । एकसातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको जस्तै पारित भए दुबै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन् । या त उनीहरुले चुनावी चिन्न फेर्नुपर्नेछ । – नयाँ पत्रिका दैनिकवाट