‘छठपछि आन्दोलन ‘

२०७३ कार्तिक १२ गते, शुक्रबार

काठमाडौं, १२ कात्तिक । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले तत्काल संविधान संशोधन नभए छठपछि आन्दोलन गर्ने बताएका छन् । आज सप्तरीको राजबिराजमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म कार्यान्वयन नभए मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हुने चेतावनी दिए । संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिने उनको भनाइ थियो । सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत प्रष्ट पारे ।

प्रतिक्रियाहरु

[anycomment]