देउवा दिल्ली प्रस्थान

२०७३ कार्तिक १९ गते, शुक्रबार

काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन दिल्ली प्रस्थान गरेका छन । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्नेछन ।
नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिने स्वकीय सचिव देउवाले बताए । सभापति देउवाका साथ उनको धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी chhin । सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कने छन ।

प्रतिक्रियाहरु

[anycomment]