बहिर्गमित पूर्व लडाकुमाथी प्रहरी प्रयोग
काठमाडौं, २३ कात्तिक । काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय कब्जामा बसेका बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुलाई प्रहरीले हटाएको छ । पार्टी मुख्यालय नै कब्जामा लिएर बसेका पूर्व लडाकुलाई प्रहरीले बल प्रयोग गरी हटाएको हो । बहिर्गनमा परेका पूर्व लडाकुलाई हटाएपछि प्रहरीले अहिले पार्टी कार्यालय नियन्त्रणमा लिएको छ । सोमबार दिउँसोदेखि बहिर्गमित पूर्व लडाकुहरुले माओवादी पार्टी कार्यालयका कर्मचारीलाई भित्रै थुनेर पार्टी कार्यालय कब्जा गरेका थिए । सयौंको संख्यामा रहेका बहिरर्गमित पूर्व लडाकुहरु बालबच्चासहित नै पार्टी कार्यालयमा बसेका थिए । मूल गेटमा भित्रबाट ताला लगाएका उनीहरुले भित्र रहेकालाई बाहिर निस्कन र बाहिरबाट कसैलाई भित्र पस्नसमेत दिएका थिएनन् । निशर्त रुपमा अयोग्य शब्द हटाउनुपर्ने, पूर्व लडाकुहरुले पाए सरहको दीर्घकालिन व्यवस्था गर्नुपर्ने, आफूहरुको बालअधिकार हनन् भएकाले त्यस वापतको क्षतिपूर्ति पाउनु पर्नेलगायतका सात वटा माग उनीहरुले अघि सारेका छन् ।