देउवा र मोदीबीच भेटवार्ता
काठमाडौं,२३ कात्तिक । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दिल्लीमा भएको भेटवार्तामा दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न भारत भ्रमणमा रहेका देउवा र भारतीय प्रधानमन्त्रीबीच आपसी हित र चासोका बारेमा केन्द्रित रहेर पनि छलफल भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । नेता देउवा र भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीबीच सोमबार भेटवार्ता भएको थियो । पूर्वप्रधानमन्त्री देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधि समेत प्रदान गरेको थियो । – रासस