माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक
काठमाडौ, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बोलाएका छन । पार्टीभित्र सरकार, सञ्चार, संविधान संशोधन लगायतका विषयमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री प्रचण्डले आज केन्द्रीय कार्यालयको बैठक बोलाएको बताइएको छ । बैठक दिउँसो ३ बजे पछि प्रधानमन्त्रीको निजी निवासमा बस्नेछ ।
पार्टीभित्र र बाहिरबाट आफूमाथि तीव्र आलोचना हुन थालेपति उहाँ पार्टीभित्र छलफलमा लागेका हुन् । बैठकमा कर्हिगमित लडाकुहरुले उठाएको मागका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।