पूर्व राजा ज्ञानेन्द्र सिंगापुर जादै

२०७३ कार्तिक २४ गते, बुधबार

काठमाडौं, २४ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाह आज सिंगापुर भ्रमणमा जाने भएका छन् । निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै तय भएको छैन ।
सिंगापुरबाट उनी भारततर्फ लाग्नेछन् । भारतमा रहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसंग भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।
उनको भ्रमणमा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् भने हिमानी केही दिन अघी नै सिंगापुर पुगिसकेकी छिन् । पूर्व राजाका साथमा उनका स्वकाीय सचिव सागर तिमल्सिना पनि रहनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]