सरकारको सय दिन फुस्सा साबित

२०७३ कार्तिक २७ गते, शनिबार

काठमाडौ, २७ कात्तिक । नेपाली काग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको सय दिन पुगेको छ । तर यो सय दिन उपलव्धि हीन भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । गएकोसाउन १९ गते निर्वाचीत भएर २० गते शपथ खाएका प्रधानमन्त्री प्रचण्डले अझै सम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन ।
यसैगरी संविधान कार्यन्वयन गर्ने र मधेशवादी दलको माग संवोधन गर्न सविधान ससोधन गर्ने सहमति भए पनि अहिले सम्म संसदमा त्यस्तो प्रस्ताव दर्ता समेत हुन सकेको छैन । संविधान कार्यन्वयन लागि अनिवार्य शर्त जस्तो देखिएको तीन वटै संरचनाको निर्वाचनको मिति समेत सरकारले तोक्न सकेको छैन । त्यस बाहेक भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमण गराउन सफल हुनु जस्ता कुरालाई सरकारले उपलव्धिको सूचीमा राखेपनि ति बिषयहरुमा विभिन्न राजनीतिक दल , नेता र आमजनताको ब्यापक असन्तुस्टी देखिएको छ । भारतीय राष्ट्रपतिको भ्रमणका सिलसिलामा सार्वजनिक विदा दिएर सरकार चौतर्फी आलोचनाको शिकार भएको छ ।
त्यसै गरी असोज अन्तिम साता हुने भनिएको चीनीया राष्ट्रपतिको भ्रमण गराउन नसक्नु सन्तुलित कुटनीतिक भूमिकाको नाममा गलत कुटनीतिक कदमहरु चालिएको जस्ता विषयमा सरकारको यस क्षेत्रका जानकारबाट समेत आलोचना भएको छ ।
काग्रेस र माओवादीबीच भएको सात बुदे सहमति अनुसार पनि अब सरकारको आयु ६ महिना मात्र बाकी रहेको छ । प्रधानमन्त्री प्रचण्ड पहिलो पटक २०६५ सालमा ९ महिना प्रधानमन्त्री भएका बेला अनुभवको कमी भएको र अब दोस्रो पटक धेरै काम गर्न सक्छन् भन्ने पार्टी र समर्थकहरुको अपेक्षा विपरीत प्रचण्डले विस्तारै विस्वास गुमाउदै गएको भन्दै पार्टी भित्रै समेत आलोचना भएको छ । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले राष्ट्रियताका सवालमा केही प्रतिकृल जस्ता देखिने भारतसग‘को २५ बुदे सयुक्त विज्ञप्ति, मुखर्जी भ्रमणको बेला सा्र्वजनिक विदा जस्ता कुराले राष्ट्रियतामाथि माओवादीको अडानमा प्रश्न उठेको प्रतिकृया दिएका छन् ।
यसैबीच , प्रधानमन्त्री प्रचण्डले यही कात्तिक महिनाभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने बताएका छन् । सरकारले सय दिन पूरा गरेको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलन (सम्बोधन)मा उनले संशोधनको प्रस्ताव तयार भइसकेको र त्यसमा सहमति जुटाउने प्रयास गरिरहेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्तावमा मधेसीलगायतका समूहहरु सहमत रहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने कोसिस जारी रहेको बताए ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफ्नो सरकारले सय दिनमा गरेको दाबी पनि गरे । उनले उच्च अदालतहरु गठन, भाषा आयोग गठन संसदबाट १४ ओटा विधेयक पारितजस्ता काम संविधान कार्यान्वयनको पक्षमा भएको बताए । स्थानीय तह पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको भन्दै उनले स्थानीय र संघीय निर्वाचनको तयारी पनि सरकारले गरिरहेको दाबी गरे ।
भूकम्पपछिको पुनःनिर्माणका लागि ३ हजार ५ सय जनशक्ति परिचालन गरेको, १ हजार ९ सय डकर्मीलाई तालिम दिएको र भूकम्पपीडितको रकम बढाएर ३ लाख र्पुयाएको पनि उनले बताए ।
आर्थिक परिसूचकहरु सकारात्मक रहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँवर्षको सुरुवातसँगै मेलम्चीको पानी काठमाडौं आउने गरी काम गर्न निर्देशन दिएको पनि बताए । उनले अहिले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराउन परीक्षण भइरहेको भन्दै छिट्टै देशैभर ‘नो लोडसेडिङ’ घोषणा गर्ने दाबी पनि गरे ।

प्रतिक्रियाहरु

[anycomment]