‘ सरकारले चुस्त–दुरुस्त कम गान सकेन ‘
काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताएका छन् । रिपोटर्स् क्लबले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सय दिनमा सरकारले संविधान कार्यान्वयनतर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाए । उनले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि खासै प्रगति नभएको उल्लेख गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारले सय दिनमा गरेका काममा केही कमजोरी भएपनि सफलता उन्मूख भएको बताए । उनले सय दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारीतन्त्र, मन्त्रिपरिषद र आफ्नो निजी सचिवालयलाई चुस्त–दुरुस्तरुपले लैजान नसकेको बताए । उनले राज्यव्यवस्थालाई पनि प्रधानमन्त्रीले संस्थागतरुपमा सन्चालन गर्न नसकेको स्वीकार गरे । उनले प्रधानमन्त्री दाहालले सय दिनमा राष्ट्रिय सहमति कायम गर्नका लागि विभिन्न राजनीतिक दलसँग छलफल र बहसलाई भने तीव्रता दिएको बताए । – रासस