दुई राप्रपा एक हुदै
काठमाडौँ, १ मङिसर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक आज बस्ने भएको छ । बैठकले पार्टी एकताका प्रक्रियाबारे निर्णय गर्ने बताइएको छ । आउँदो मङ्सिर ६ गते प्रज्ञा–भवनमा पार्टी एकता घोषणासभा हुने समझदारीपछि संयुक्त बैठक बस्न लागेको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । बैठक राप्रपा नेपालको कार्यालय धूम्रबाराहीमा बस्नेछ ।