संविधान खारेजी गर : गजुरेल
काठमाण्डौ , १० मंसिर । नेकपा (क्रान्तिकारी माओवादी)ले आज संविधान खारेजीको माग गर्दै देशैभर विरोध प्रदर्शन गरेको छ । पार्टीको नेवा राज्यको आयोजनामा काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा भएको कार्यक्रममा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले वर्तमान संविधान जनविरोधी रहेकोले यसको खारेज गरिनुपर्ने माग गरे । उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या निकै जटिल पेचिलो बनेकोले यी समस्या हल गर्न आन्दोलनको विकल्प नरहेको बताए ।