पाँच नम्बर प्रदेशको आन्दोलनको कुनै अर्थ छैन : पम्फा

२०७३ मंसिर २९ गते, बुधबार

काठमाडौं , २९ मंसिर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पाँच नम्बर प्रदेशको सीमांकन परिवर्तनको विरोध गर्नु अर्थहीन भएको बताएकी छिन् । ईमेज टेलिभिजनको साप्ताहिक कार्यक्रम सत्यपथसंग कुरा गर्दै उनले सो कुरा बताएको हुन । उनले भनिन् – आफ्नो भोट बैंक यतायता हुने डरले त्यस क्षेत्रका केही नेता आन्दोलनमा उत्रिएको बताईन । उनले सबैलाई अधिकार सम्पन्न बनाउँन सीमांकन परिवर्तन गर्न लागिएकाले यसको विरोधमा गरिएको आन्दोलनको कुनै अर्थ नभएको दावी गरेकी छिन् । उनले संविधान संशोधनका लागि पहिले नै लिखित सहमति भएको बताउदै एमालेले अहिले संविधान संशोधनको विरोध गर्नु गलत भएको बताएकी छिन् ।
संविधान जारी गर्ने बेलामै पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई प्रदेश नम्बर चारमा लगिएने लिखित सहमती भएको बताउँदै एमाले अध्यक्ष केपी ओलीले त्यस सहमतीमा हस्ताक्षर गरेको दावी उनले गरेकी छिन् ।
उनले संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन सम्भव नहुने भएका कारण पहिला संशोधन हुने दावी पनि गरेकी छिन् । मधेसी , आदिवासी जनजातीलाई अधिकार सम्पन्न गराउनका लागि संविधान संशोधन गर्न लागिएका बेला विरोध भएको उनले बताएकी छिन् । विरोधका बीच पनि संविधान संशोधन भएरै छाड्ने भुसालले दावी गरेकी छिन् ।

प्रतिक्रियाहरु

[anycomment]