संविधान संशोधन प्रस्तावबिरुद्ध कापीकलम जुलुस

२०७३ पुष १ गते, शुक्रबार

काठमाडौँ, १ पुस । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी सङ््गठनले आज कापी कलम जुलुस निकालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न सरकारी क्याम्पसबाट विद्यार्थीले कापी कलम लिएर रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेका थिए । नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका हुन् । सो विधेयक दर्ता भएपछि ती विद्यार्थी सङ्गठन निरन्तर आन्दोलनमा छन् । त्यहाँ भएको सभामा विद्यार्थी नेताले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको सो विधेयक मुलुकको हितमा नरहेकाले फिर्ता लिन माग गरेका थिए ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामा, उपाध्यक्ष महेश बर्तौला, नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थी सङ्गठनका अध्यक्ष नीरज लवजुलगायतले वैदेशिक हस्तक्षेपले राष्ट्रियता गम्भीर सङ्कटमा रहेकाले राष्ट्रियता जोगाउन जनतालाई चनाखो हुन आग्रह गरेखा थिए । ती सङ्गठनले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदलाई सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन आग्रह गर्दै विहिबार मोबाइलबाट एसएमएस सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।- रासस

प्रतिक्रियाहरु

[anycomment]