तीनदलको बैठक निष्कर्षविहीन

२०७३ पुष ४ गते, सोमबार

काठमाडौं, ४ पुस । सभामुख ओनसरी घर्तीले संसदको गतिरोध हटाउन तीन दलका शीर्ष नेतासँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सचिवालय सिंहदरबारमा सभामुखसहित बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा नेताहरुले आ–आफ्नो अडान राखेपछि निष्कर्षविहीन भएको हो ।
बैठकमा सत्तारुढ दलहरुले संसदको आजको कार्यसूचीमा स्थानीय तह निर्वाचन कानुनहरु र संविधान संशोधन प्रस्ताव हुने बताएका थिए । तर एमालेले त्यसलाई स्विकार गर्न नसकिने र संसद अवरोध कायम नै गर्ने अडान बैठकमा लिएको थियो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सत्तारुढ दलका नेताहरुले संविधान संसोधन र निर्वाचन कानुहरुका विषयमा प्याकेजमै सहमति खोज्ने र छलफललाई निरन्तरता दिने कुरा भएको बताए । तर विपक्षी एमालेका नेताहरुले भने संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]