रुपन्देही बन्द , विहानैदेखि प्रदर्शन
काठमाडौँ, ५ पुस । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको विरोधमा लुम्बिनी अञ्चल बन्द आह्वान गरेको छ । युवा संघका कार्यकर्ताले भैरहवालगायतका प्रमुख शहरहरुमा बिहानैदेखि प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । बन्दका कारण रुपन्देहीसहित ६ वटै जिल्लाका शिक्षण संस्थान, उद्योग कलकारखाना ठप्प भएका छन् ।
प्रदर्शनकारीले बुटवल चौराहको प्रहरी बीटमा आगजनीसमेत गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजे तिवारीमाथि गोली प्रहार भएको हो । रातो पल्सर मोटरसाइकलमा गएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । गोली हान्नेहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।