मूल्यवृद्धिको विरोधमा अन्तरक्रिया हुदै
काठमाडौ, १४ पुस । नेकपा (माआवादी)का जनवर्गीय सङ्गठनहरुले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा आज देशव्यापी अन्तक्र्रिया कार्यक्रम गर्दैछन । पूर्ब घोषित घोषित कार्यक्रम अनुसार सङ्गठनहरुले आज उपत्यका सहित देशभर अन्र्तक्रिया कार्यक्रम गर्न लागेका हुन ।
इन्धनको मूल्य बृद्धि, महंगी, कालोबजारी, भ्रष्टाचारविरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादी निकट विभिन्न जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य भन्द पनि धेरै मुल्यबृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि गरेको भन्दै पार्टी निकट ११ संगठनहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । घोषित कार्यक्रम अनुसार भोली विहान ९–१० बजे चक्का जाम रहेका छन् । उनीहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नलिए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।