पृथ्वीजयन्तीमा सार्बजनिक छुट्टी दिने तयारी

२०७३ पुष १५ गते, शुक्रबार

काठमाडौं, १५ पुस । नौं बर्षअघिको गृह मन्त्रालयको निर्णय रद्द गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिवसलाई सार्बजनिक छुट्टी घोषणा गरी उनलाई सम्मा गर्नुपर्ने केही मन्त्रीको सुझावमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबैसँग परामर्श गरी उचित निर्णय लिने बताएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी र प्रकाशशरण महतले पृथ्वीजयन्तीमा छुट्टी नदिनुले राष्ट्रनिर्माता र नेपाल एकीकरणप्रति उदासीनता देखाएको अर्थ लाग्ने हुँदा तत्काल उचित निर्णय लिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । सहरी विकासमन्त्री केसीले आज आफूहरु नेपाल र नेपालीका नाममा मन्त्री हुन पाउनुमा शाहको योगदान रहेको उल्लेख गरेका थिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]