‘संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नदिईने ‘
काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि तहको निर्वाचन हुन नदिने निर्णय गरेको छ । दुईदिने बैठकपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेताहरुले परिर्माजनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनै पनि तहको चुनाव हुन नदिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नगरी चुनावमा जाने तयारी भए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । मोर्चाले परिर्माजनसहित संविधान संशोधन प्रस्ताव पारित गर्न दबाब दिने उद्देश्यले पुस १८ गते जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने जनाएको छ ।