संसद बैठक भोलिसम्मका लागि स्थगित

२०७३ पुष १८ गते, सोमबार

काठमाडौं, १८ पुस । व्यवस्थापिका–संसदको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीमगरले सोमबार दोस्रोपटकका लागि बोलाएको बैठक सूचना टाँस गरेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले दिउँसो १ बजे बसेको बैठक अवरुद्ध पारेपछि सभामुख घर्तीले सोमबारै दोस्रोपटक बस्ने गरी ४ बजेसम्मका लागि स्थगित गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]