संसदको बैठक २४ गतेसम्मका लागि स्थगित

२०७३ पुष १९ गते, मंगलवार

काठमाडौं , १९ पुस । संसदको बैठक २४ गते सम्मका लागि स्थगित भएको छ । संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुखलाई बैठक स्थगित गरी पुस २४ गते राख्न सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको हो ।
बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष तहमा छलफल गर्नका लागि २४ गतेसम्मको समय दिनु उपयुक्त हुने बताएका थिए । नेम्वाङको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेल, राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरी लगायतले सहमति जनाएका थिए । मंगलबारको बैठकसंगै दलहरु सहमतिको दिशामा अघि बढेको संकेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]