संसद बैठक सुचारु

२०७३ पुष २५ गते, सोमबार

काठमाडौं, २५ पुस । नियमित कार्यसूचीमा प्रवेश गर्दै सोमबार व्यवस्थापिका–संसदको बैठक सन्चालन भएको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद सन्चालनमा अवरोध नगरेको बताइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ दलको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल भएको थियो । सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ ।
गत मंसिर १४ गतेयता विपक्षीले सदन सन्चालनमा अवरोध गर्दै आएका थिए । विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राख्दैछन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]