आज पृथ्वी जयन्ती

२०७३ पुष २७ गते, बुधबार

काठमाडौं, २७ पुस । आज पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ को आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]