पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त

२०७३ पुष २७ गते, बुधबार

काठमाडौं, २७ पुस । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाएर गोविन्द पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले दुई पटक सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । केपी शर्मा ओली सरकारले ज्ञवालीलाई सीईओ नियुक्त गरेको थियो । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ अनुसार सीईओलाई हटाउनुपूर्व सफाइको मौका दिनुपर्नेछ । ‘प्रमुख कार्यकारी अधिकृतको काम सन्तोषजनक नभएमा नेपाल सरकारले निजलाई जुनसुकै बेला हटाउन सक्ने छ,’ ऐनको दफा ११ भनिएको छ, ‘तर, त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाइ पेस गर्ने मौका दिनुपर्ने छ ।’
उक्त दफा प्रयोग गरी सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको हो । ऐनको उक्त दफाको आधारमा सरकारले उनलाई हटाउने प्रयोजनस्वरूप नै स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]