देशभर लोडसेडिङ अन्त्य !

२०७३ पुष २८ गते, बिहीबार

काठमाडौं, २७ पुस । ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् । आज अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने छ’ भने ।
कार्यक्रममा बोल्दै मन्त्री प्रभाकरले अर्घाखाँचीको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुनेगरी काम भईरहेको जानकारी समेत दिँदै पश्चिम सेती, नरसिङगाढ, शारदा, उत्तरगंगा, अरुण तमोर, बुढिगण्डकीलगायतका जलविद्युत परियोजना अगाडि बढेको बताए । एक अर्को प्रसंगमा बोल्दै मन्त्री प्रभाकरले संशोधन विधेयकलाई व्यवस्थापिका संसदमा मतदानको प्रकृयाबाट टुंगो लगाई चाँडै निर्वाचनको मिति तोक्न एमालेसँग सहमति भएको बताए । ‘सरकार सबै दलहरुबीच एउटा सहमति बनाएर अगाडि बढेको छ र अहिलेको अलमल चाँडै हट्छ’ उनले भने ।

प्रतिक्रियाहरु

[anycomment]