‘सरकार पुनर्गठनको कुरा हल्लामात्र ‘

२०७३ माघ २ गते, आईतवार

काठमाडाैँ, २ माघ । सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार पुनर्गठन हुने कुरा हल्लामात्र भएको बताएका छन् । विराटनगर संचारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले संविधान संशोधन प्रस्ताव पास गराउन सरकार पुनर्गठन हुने हल्लामा सत्यता नरहेको स्पष्ट पारे । उनले दलहरुबीच सहमति जुटेपछि स्थानीय तह निर्वाचनको मिति तोक्ने बताए । आगामी जेठसम्ममा स्थानीय तहको निर्वाचन गर्नेगरी गृहकार्य भइरहेको कार्कीको कथन थियो ।
उनले मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेकाले संशोधन भइराख्ने धारणा राखे । मधेसको माग पनि एकै पटकमा पूरा हुन नसक्ने उनको भनाई छ । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको दावी गरे । सरकारका प्रवक्ता समेत रहेका कार्कीले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक भएको धारणा राखे ।

प्रतिक्रियाहरु

[anycomment]