संसदको अर्काे बैठक माघ १० गते
काठमाडौं, ७ माघ । व्यवस्थापिका–संसदको बैठक माघ १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बोनस (पाँचौं संशोधन) विधेयक, २०७३ प्रस्तुत् गरेका थिए । बैठकमा सो विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री महराले उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन विधेयक आएको र त्यो पहिलो चरणमा सरकारी निकायमामात्र लागू हुने बताए ।
यसअघि, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक समाजवादउन्मुख नभएकाले फिर्ता लिन सरकारसित आग्रह गरेका थिए ।