देशभरका अदालतमा बहस ठप्प

२०७३ माघ ९ गते, आईतवार

काठमाडौं, ९ माघ । सरकारी वकिलहरुले आजदेखि देशभरका अदालतहरुमा बहस ठप्प पारेका छन् । उनीहरुले उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै अदालतहरुमा बहस ठप्प पारेका हुन् । महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका चारवटा ट्रेड युनियन र सरकारी वकिलले निर्णय नसच्याएसम्म बहस ठप्प पार्ने बताएका छन् । उनीहरुले उच्च अदालतका न्यायाधीशहरु नियुक्तिमा भेद्भाव र पक्षपात भएको आरोप पनि लगाएका छन् । सरकारी वकिलहरुले न्यायलयबिरुद्ध हुने असहयोग आन्दोलनमा सहभागी हुनसमेत सबैसँग आग्रह गरेका छन् । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता टेकबहादुृर घिमिरेले आन्दोलनलाई केही दिन दबावका रुपमा र त्यसपछि पनि सुनुवाई नभए कडा बनाउने चेतावनी दिए ।
असहयोग आन्दोलनको बिषयमा प्रधानन्यायाधीश सुशीला कार्की र कानुन मन्त्री अजयशंकर नायकलाई जानकारी दिएरै विरोधका कार्यक्रम थालेको भन्दै ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन उनले माग गरे । बहस पैरवी नहुँदा सर्वोच्च अदालत, पुनरावेदन अदालत तथा जिल्ला अदालतका काम प्रभावित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]