चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौंमा
काठमाडौं, १० माघ । चिनियाँ जनमुक्ति सेनाको एउटा टोली नेपालसँगको सैन्य अभ्यासको तयारीका लागि काठमाडौंमा आएको बताइएको छ । मेजेर जनरल ली वु चुन नेतृत्वको टोलीले प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ सैन्य टोलीको भ्रमणबारे रक्षा, परराष्ट्र र सैनिक मूख्यालयका उच्च अधिकारीहरुलाई मात्रै जानकारी रहेको बताइएको छ ।
नेपाली सेना र चिनियाँ सेनाबीच आगामी महिना पहिलो पटक संयुक्त सैन्य अभ्यास हुने तयारी भइरहेको बुझिएको छ । नेपाली सेनाले भारतीय र अमेरिकी सेनासंग संयुक्त सैन्य अभ्यास गर्दै आएको भए पनि चिनियाँ सेनासँग भने पहिलो पटक अभ्यास गर्न लागेको हो । नेपाली र चिनियाँ सेनाबीचको अभ्यासलाई अन्य देशहरुले समेत चासोका साथ हेरेका छन् ।