नेपाल भ्रष्ट मुलुकको सुचीमा तेस्रो नम्बरमा

२०७३ माघ १२ गते, बुधबार

काठमाडौ १२ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा परेको देखाएको छ । आज सार्वजनिक सो प्रतिवेदनमा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा छ । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो । नेपालले गत वर्ष पाएको अंक भन्दा २ अंक बढी पाउनुले सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो । यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएकाले पनि विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार नदेखिएको विश्लेशकहरुको भनाई छ ।
दक्षिण एसियाली मुलुकमा भूटान ६५ अंकसहित सबै भनदा कम भ्रष्ट मुलुक बनेको छ । भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । यस्तै भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् ।
सुचकांक अनुसार ३२ अंक पाएको पाकिस्तान नेपाल भन्दा अगाडि १ सय १६ औं स्थानमा छ भने बंगलादेश १४५ औं स्थानमा तथा अफगानिस्तान १५ अंक सहित एक सय ६९ स्थानमा छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले समान ९० अंक पाएका छन् भने १० अंक मात्र पाएको सोमालिया विश्वकै भ्रष्ट मुलुकमा सुचिकृत भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]