‘सरकारको आयु लम्ब्याउने सपना नदेखे हुन्छ ‘

२०७३ माघ १५ गते, शनिबार

काठमाडौँ, १५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षलाई सरकार लम्ब्याउने सपना नदेख्न चेतावनी दिएका छन् । आज प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा ओलीले विभिन्न बहानामा निर्वाचनलाई आलटाल गर्न खोजिए सरकार र नेकपा माओवादी केन्द्र दुबैको दुर्गती हुने बताए । उनले वर्तमान सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको र उसका गतिविधि पनि त्यस्तै देखिन थालेको आरोप लगाए ।ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित गर्न नदिने पनि दोहोर्‍याए ।

प्रतिक्रियाहरु

[anycomment]