सर्वहारा कम्युनिष्ट पार्टीको अध्यक्षमा विद्रोही
काठमाडौं , २ फागुन । सर्वहारा कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठकले भावना विद्रोहीलाई पुन: अध्यक्षमा चयन गर्दैै ९ सदस्यीय सचिवालय सदस्यसहित २१ जनाको केन्द्रीय समिति बनाएको छ । फागुन १ गते जनयुद्धको अवसर पारेर बसेको पार्टीको बैठकले पछि सदस्यहरु थप गरी ३१ सदस्यीय सम्म बनाउने पनि जनाएको छ । त्यस्तै सोहि बैठकमा अन्तराष्ट्रिय व्यूरो विभाग थप गरी देउचन्द्र राईलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने पश्चिम कमाण्ड इन्चार्जमा सुरेश ठकुरीलाई जिम्मेवारी दिइएको छ ।त्यस्तै जनयुद्धको दिवसको उपलक्ष्यमा चियापान कार्यक्रम गर्दै विश्व सर्वहारा श्रमजीवि, मजदुर, किसान, उत्पीडित, वर्ग तथा आम जनसमुदायलाई शुभकामना दिइएको थियो । सोहीअवसमा आगामि दिनमा कसरी अगाडि बढ्ने भन्दै प्रशिक्षणात्मक कार्यक्रम पनि गरिएको थियो ।
त्यस्तै अध्यक्ष विद्रोहीले अबको जनवादी क्रान्तिलाई राष्ट्रिय स्वाधीनताको मुद्दासँग जोड्न आवश्यक भएको ठहर गर्नु भएको थियो । उहाँले देश बाँचे मात्र आफ्नो नेपाली भूमिमा जनवाद ल्याउन सकिने र सर्वहारावर्गको अधिनाकत्व प्रदान गर्न सकिने थप प्रष्ट पार्नु भएको थियो ।
विद्रोहीले २२ औं जनयुद्ध दिवस हर्ष र पीडाका साथ मनाइरहेको बताउँदै जनयुद्धका नेतृत्वहरु ज–जसले जनयुद्धका उपलब्धिहरुलाई सिध्याएर १२ बुँदे सम्झौताको नाममा विस्तारवादको सामु आत्मसमपर्ण गरे त्यस्ता नेतृत्वलाई जनयुद्ध दिवस मनाउने अधिकार नभएको आक्रोस समेत पोख्नु भएको थियो ।
जनवादी सत्ता प्राप्ति र राष्ट्रिय स्वाधीनताको लागि जनव्रिदोहको बाटोमा अगाडि बढौं भन्ने मूल नाराका साथ २०६७ साल फागुन २६ गते स्थापना भएको उक्त पार्टीले जनजीविका, राष्ट्रियता जनतन्त्रलगायतका सवालमा आवाज उठाउँदै आएको छ ।