मन्त्रीहरु फेरबदल
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु फेरबदल गरेका छन । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सरकार विस्तारकाक्रममा थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो ।
यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता गरेर उनको स्थानमा राप्रपाकै दिलनाथ गिरीलाई पर्यटनमन्त्री बनाइएको छ ।
नवनियुक्त मन्त्रीहरुको आज साँझ शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।