भारतीय दुतावास अगाडी प्रदर्शन

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीले कन्चनपुरमा नेपाली भूमिमा छिरेर स्थानीय गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीले हत्या गरेको विरोधमा काठमाण्डौं सहित देशभर प्रदर्शन गरेको छ । काठमाण्डौंमा पार्टी स्थायी समिति सदस्य सन्तोष बुढाको नेतृत्वमा शान्तिबाटीकाबाट दिउसो निस्किएको र्याली लैनचौर स्थित भारतीय दुतावास अघि पुगेर कोण सभामा परिणत भएको थियो । सो कोण सभामा बोल्दै स्थायी समिति सदस्य सन्तोष बुढाले नेपालीको हत्या गर्ने भारतीय साम्राज्यवादको भत्र्सना गर्दै प्रतिरोध गर्ने चेतावनी दिए । उनले अहिलेको सरकार दलाल भएको र लाचार देखिएको भन्दै देश र जनताको मुक्ति र सुरक्षाका लागि आफूहरु जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए ।