चिनिया रक्षा मन्त्री नेपाल आउदै

२०७३ फाल्गुन २९ गते, आईतवार

काठमाडौं, २९ फागुन । चीनका रक्षा मन्त्री वाङ क्वानले चैत्रको दोस्रो साता नेपाल भ्रमण गर्ने भएका छन । रक्षा मन्त्री वालकृष्ण खाणको नेतृत्वमा वाङ नेपाल आउन लागेका हुन् । चीनीया रक्षा मन्त्रीले दुई देशबीचको रक्षा सहयोग र चीनका तर्फबाट नेपाली सेनालाई सहयोग गर्ने विषयमा छलफल गर्ने बताईएको छ । दुवै देशबीच सयुक्त सैन्य अभ्यासको पनि तयारी भएको बेला यो भ्रमण हुन लागेको हो । रक्षा मन्त्री वाङको भ्रमण राष्ट्रपति सि जिन पिङको भ्रमणको पूर्व तयारीका रुपमा समेत हेरिएको छ ।
यसैबीच अहिले नेपाल भ्रमणमा रहनु भएका चीनीया कम्युनिष्ट पार्टीका विदेश विभागका महानिर्देशक युवन झिविङ नेतृत्वको टोलीले पनि नेपालमा विभिन्न दलका नेताहरुसगँ छलफल गर्दै छ । हिजो सो टोलीले काग्रेस सभापति शेर बहादुर देउवासगँ भेटवार्ता गरेको थियो । त्यसपछि एमाले, माओवादी केन्द्र सहित दलका नेतालाई पनि झिविङको टोलीले भेटुने तयारी गरेको बुझिएको छ ।
त्यस अद्धि चैत्र सात गते विगतमा भए्का वान वेल्ट वान रोड परियोजना सहित विभिन्न सम्झौताको कार्यन्वयनको विषयमा छलफल गर्न चीनका परराष्ट्र मामला सम्बन्धि सहायक मन्त्री कोङ सु यान युको टोली नेपाल आउदै छ ।

प्रतिक्रियाहरु

[anycomment]