मधेसी मोर्चाद्वारा नवलपरासी बन्द
काठमाडौं, २९ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज नवलपरासी सदरमुकाम परासी बन्द आह्वान गरेको छ । एमालेले परासी हुँदै भैरहवा जाने कार्यक्रम तय गरेपछि मोर्चाले सदरमुकाम बन्दको आह्वान गरेको हो । सुरक्षा निकायले रुट परिवर्तन गरेको जानकारी पाएपछि मोर्चाले सदरमुकाम बन्दको कार्यक्रमलाई यथावत राख्दै बासाबसहीमा विरोध प्रदर्शन राखेको छ । बन्दका कारण परासी क्षेत्रका पसल व्यवसाय र सवारीसाधन बिहानैदेखि चलेका छैनन् । मोर्चाले विरोध प्रदर्शन गर्ने भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच एमालेले भैरहवामा गर्न लागेको कार्यक्रम बिथोल्न मोर्चाले रुपन्देही पनि बन्दको आह्वान गरेको छ ।