प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने

२०७३ फाल्गुन ३० गते, सोमबार

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनले आगामी चैत १० गतेदेखि चीन भ्रमणमा जानका लागि तयारी थालेका छन्। आफूलाई चीनबाट भ्रमणका लागि निमन्त्रणा आएको जानकारी प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुलाई सोमबार अनौपचारिक रुपमा जानकारी गराएका थिए। यसबारेमा चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले गृहकार्य गरी औपचारिक रुपमा भ्रमणको मिति तय हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]