वैद्य माओवादी चुनावमा हामफाल्ने

२०७३ चैत्र १५ गते, मंगलवार

काठमाडौं, १५ चैत्र । नेकपा (क्रान्तिकारी माओवादी) स्थानीय तहको चुनावमा सहभागी हुने भएको छ । सोमबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चुनावलाई कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने भन्दै राजनीतिक प्रस्ताव पेश गरेका छन् । दोस्रो संविधानसभाको चुनावलाई बहिस्कार गरेको क्रान्तिकारी माओवादीले मोर्चा बनाएर चुनावमा जाने तयारी गरेको छ । देशभक्त जनवादी मोर्चालाई चुनावमा पठाउने तयारी भइरहेको छ । मोर्चाको नेतृत्व पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले गरेका छन् । बैठक आजपनि जारी छ । अधिकांश केन्द्रीय सदस्यहरु चुनावमा सहभागी नहुने पक्षमा रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]