एकीकृत राप्रपा राष्ट्रवादीको औपचारिक घोषणा हुदै

२०७३ चैत्र १६ गते, बुधबार

काठमाडौं, १६ चैत । डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ । महाधिवेशन लगत्तै राप्रपा त्यागेका लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । आज निर्वाचन आयोगमा पार्टी दर्ता गरी पार्टी गठनको औपचारिक घोषणा गरिने तयारी गरिएको छ ।
पूर्व अर्थमन्त्री समेत रहेका डा. लोहनीले महाधिवेशन लगत्तै राप्रपा परित्याग गरेका थिए । केशरबहादुर विष्टलाई भने राप्रपाले यसअघि नै कारवाही गरेको थियो । एकीकृत राप्रपा राष्ट्रवादीले चुनाव चिन्ह हलोलाई निरन्तरता दिने पनि जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]